आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रपत्रिका

बेलायतमा पुनः लकडाउन


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 466
    SHARES

काठमाडौं । बेलमयतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गर्नुभएको छ ।

लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उहाँले अपिल गर्नुभयो। बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भन्नुभयो , ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ ।

त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्ने बताउनुभयो । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ । बेलायतमा कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड/एस्ट्राजेनेका लगाउन सुरु गरिसकेको छ । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)