शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लिभरपुल साउथह्याम्पटनसँग पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 488
    SHARES

साउथह्याम्पटन । सोमबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले अंक तालिकाको शीर्षमा रहेको लिभरपुललाई १–० ले हराएको छ । ड्यानी इन्ग्सले दोस्रो मिनेटमा गरेको उत्कृष्ट गोलमा साउथह्याम्पटनले जित पक्का पारेको हो । यो नतिजाले लिग उपाधिको होड खुल्ला भएको छ ।

खेलमा लिभरपुलको आक्रमण धारिलो रहेन र लगातार दोस्रो खेलमा टिम गोल गर्न असफल रह्यो । चोटग्रस्ट खेलाडीले सताइरहेको लिभरपुलले मध्यपंक्तिमा कामचलाउ जोर्डन हेन्डरसन र फाबिन्होको जोडी उतारेको थियो । खेलको एक मात्र गोल भने लिभरपुलका पूर्व खेलाडीकै नाममा रह्यो । इन्ग्स सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन गएका थिए । यो जितपछि साउथह्याम्पटन छैटौं स्थानमा उक्लेको छ र उसको २९ अंक भएका छ ।

लिभरपुलको ३३ अंक छ र अझै शीर्ष स्थानमा छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि लिभरपुल गोल अन्तरले मात्र अगाडि रहेको हो । म्यानचेस्टरले एक खेल पनि कम खेलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)