आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साउदी अरबले खोल्यो कतारमाथीको तीनबर्षे नाकाबन्दी


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 360
    SHARES

२१ पुस काठमाडौं। साउदी अरबले कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन् ।

कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्षअघि विभिन्न प्रकारको प्रतिबन्ध लगाइदिएका थिए ।

यी व्यापारिक, कूटनीतिक र यात्रा प्रतिबन्धमा साउदी अरबसँगै यूएई, बहराइन र इजिप्टको पनि सहभागिता थियो र एक तरिकाले कतारलाई ‘घेराबन्दी’ गरिदिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)