आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा एकैदिन १ हजार ९८७ संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 423
    SHARES

२१ पुस , काठमाडौं। अमेरिकामा एकैदिन १ हजार ९८७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १२३ पुगेको हो।

पछिल्लो २४ घण्टामा १ लाख ९० हजार १६५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड २७ लाख ३६ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८२ लाख ५४ हजार ४१६ जनामध्ये २९ हजार ५८२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)