आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 363
    SHARES

एजेन्सी।   अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ । डेमोक्र्याटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो ।

अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाउनुभएको थियो ।

त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याईप्रति पनि उहाँले सरकारलाई सचेत गराइरहनुभएको थियो ।

उहाँले विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भन्नुभयो । सभामुख पेलोसी थप दुई बर्षका लागि पुनः निर्वाचित हुनुभएको हो । यो नै उहाँको अन्तिम कार्यकाल हुने संभावना रहेको छ ।

उहाँले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गर्नुभयो ।

सभामुखमा उहाँका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उहाँले झिनो मतान्तरले पराजय भोग्नु परेको छ । औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गर्नुभएको थियो ।

कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् ।

डेमोक्र्याटका तर्फबाटै राष्ट्रपति निर्वाचित हुनुभएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित हुनुभएको हो । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)