आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्कटल्यान्डमा ट्रम्पलाई प्रवेश रोक


  • माउन्टेन खबर
  • बुधबार, पुस २२, २०७७
  • 390
    SHARES

२२ पुस ,काठमाडौं। स्कटल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी नागरिक जस्तै आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाउने भएको छ।

कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन निषेध गरिएसंगै ट्रम्पलाई पनि निषेध गरिएको
स्कटल्यान्डकि मन्त्री निकोला स्टरजनले जानकारी दिनुभयो।

नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको जो बाइडेनको आगामी जनवरी २० मा हुने ह्‌वाइट हाउस प्रवेश कार्यक्रमका बेलामा ट्रम्पले स्कटल्यान्डस्थित आफ्नो गल्फ कोर्स भ्रमण गर्ने योजना बनाइरहनुभएको थियो। तर स्कटल्यान्डमा भने सोमबारदेखि जनवरीभरका लागि झन् कडा लकडाउन जारी गरिएको छ । यसअन्तर्गत अति आवश्यक कामबाहेक सबै बासिन्दालाई घरमै बस्न निर्देशन दिइएको हो ।

स्टरजनले भन्नुभएको छ, “डोनाल्ड ट्रम्पको भ्रमण योजनाबारे मलाई केही खबर छैन । हामीले अति आवश्यक काम भएको अवस्थाबाहेक कसैलाई पनि स्कटल्यान्ड प्रवेश गर्न अनुमति दिएका छैनौँ र यो नियम बाँकी सबैलाई जसरी उनीमाथि पनि लागु हुनेछ । गल्फ खेल्न आउनु मलाई कुनै हिसाबमा अत्यावश्यक काम जस्तो लाग्दैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)