आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनमा पूर्वबैंकरलाई भ्रष्टाचार गरेको मुद्दामा मृत्युदण्डको फैसला


  • माउन्टेन खबर
  • बुधबार, पुस २२, २०७७
  • 465
    SHARES

२२ पुस काठमाडौं। एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई चीनले मृत्युदण्डको फैसला सुनाएको छ । भ्रष्टाचार गरेको, सरकारी पैसा हिनामिना गरेको र बहुविवाहको गरी तीन आरोप खेपिरहेका सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए । उनले १० वर्षमा झन्डै १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ। अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ। उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए।

उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन्। उनले पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएको उल्लेख गरिएको छ।

सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ।

सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो। त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)