आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी चुनाव:

जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै


  • वीवीसी
  • बुधबार, पुस २२, २०७७
  • 547
    SHARES

अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने दोस्रो चरणको चुनावमा भएको छ।

बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ।

यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ।

बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ।

रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू
तस्बिरको क्याप्शन,रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू

बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताएका छन्।

यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने “अमेरिकालाई बचाउनले अन्तिम मौका” भएको बताएका छन्।

हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू सदस्य रहेका छन्।

यसपटको चुनावमा लोफ्लरलाई रेभेरेन्ड राफेल वार्नोक र पर्ड्यूलाई पूर्व पत्रकार जोन ओस्सोफले चुनौती दिएका छन्।

 

डेमोक्र्याट रेभेरेन्ड राफेल वार्नोक र जोन ओस्सोफ
तस्बिरको क्याप्शन,डेमोक्र्याट रेभेरेन्ड राफेल वार्नोक र जोन ओस्सोफ

गत नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार दोस्रो निर्वाचन भएको हो।

जीएमटी समय अनुसार रातको १२ बजे र जोर्जियाको समय अनुसार साँझ ७ बजे मतदान सम्पन्न भएको छ।

उक्त मतदानले सिनेटमा शक्ति सन्तुलतको निर्णय गर्नेछ।

सिनेटमा रहेका १०० सीटमध्ये हाल रिपब्लिकनहरू ५२ सिटमा रहेका छन्।

ट्रम्प र बाइडन दुवैले सोमवार साँझ जोर्जियामा र्‍यालीहरूमा सहभागिता जनाएका छन्।

बाइडनले एट्लान्टामा मतदाताहरूलाई भनेका छन्, “जोर्जिया पूरा देशले तपाईँहरूलाई हेरिरहेको छ।”

ज्यानुअरी २० मा ह्वाइटहाउस छाड्दै गरेका ट्रम्पले जोर्जियामा र्‍यालीलाई सम्बोधन गर्दै भने, “उनीहरूले यो ह्वाइट हाउस लिइरहेका छैनन्। हामी नर्कजस्तै गरि लडिरहेका छौँ।”वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)