आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पका समर्थकको हिंस्रक गतिविधि पछि वासिङ्टनमा लगाइयो कर्फ्यु


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 375
    SHARES

२३ पुस ,वासिङ्टन डिसी । अमेरिका क्यापिटल बिल्डिङमा डोनाल्ड ट्रम्पका केहि समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् चार जनाको मृत्यु भएपछी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनको औपचारिक जितको घोषणाका लागी सदनमा चलिरहेको बहसका बेला अचानक डोनाल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगेर आतंक मच्चाउन थाले पछि कर्फ्यु लगाइएको हो।

कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ।

यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)