२३ पुस , काठमाडौं। कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन अमेरिकामा ३ हजार ८सय ६५ जनाको मृत्यु भएको हो । त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी रहेको छ ।
अमेरिकामा महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो ।
अमेरिकामा २ करोड १८ लाखभन्दा धेरै जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ । यसमध्ये १ करोड ३० लाखभन्दा धेरै जनसंख्या संक्रमणमुक्त भइसक्यो । ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् ।
वल्र्डोमिटरका अनुसार अझै पनि ८४ हजारभन्दा धेरै जनसंख्या संक्रमित छ । अमेरिकाको छिमेकी मेक्सिकोमा पनि संक्रमितहरुको संख्या बढ्दैछ । पछिल्ला २४ घण्टामा यहाँ १३ हजार ३ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।
