२३ पुस , काठमाडौ। बेलायती अभिनेता ‘मिस्टर बिन’को चरित्रबाट संसारभर ख्याती कमाएका रोवान एटकिन्सनले अव आउने दिनमा मिस्टर बिनको पात्रमा नदेखिने घोषणा गरेका छन्। उनले तीन दशक लामो आफ्नो पात्रलाई अब यहीँ समाप्त गर्ने निर्णय लिएका हुन् ।
आफ्नो ६६ औं जन्मदिनको अवसरमा हालै रेडियो टाइम्स नामक एक हलिउड मिडियालाई दिएको अन्तर्वार्तामा आफु उक्त पात्रमा नदेखिने भएको घोषणा गरेका हुन्।
रोवानले थुप्रै चलचित्र र नाटकहरुमा अभिनय गरिसकेका छन् । तर, अझै पनि उनलाई मिस्टर बिनको रुपमा नै चिनिन्छ ।
अभिनेता रोवानले यो लोकप्रिय चरित्र निकै ‘तनावपूर्ण र थकाउ’ रहेको भन्दै अबउपरान्त यो पात्र नगर्ने बताएका हुन् । उनी भन्छन्, “मलाई अब यो पात्र (मिस्टर बिन) निभाउन रमाइलो लाग्दैन । यसको जिम्मेवारीको बोझ आनन्दित छैन । मलाई यो पात्र निभाउन तनावपूर्ण र थकाउने लाग्छ र अब म यस पात्रलाई यहीँ समाप्त गर्न चाहन्छु ।
