आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियोमा आपतकाल घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २४, २०७७
  • 372
    SHARES

२४ पुस , काठमाडौं। जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ।

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो। यो आपतकाल एक महिनासम्म जारी रहने छ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताउनुभएको छ।

उहाँले विशेष गरी बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गर्नुभएको छ।

रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ ।

अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)