आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पका समर्थकको हिंसामा परि घाइते भएका प्रहरीको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २४, २०७७
  • 549
    SHARES

२४ पुस , काठमाडौ। अमेरिकाको संसद भवनमा बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले मच्चाएको हिंसामा घाइते भएका एकजना प्रहरीको उपचारको क्रममा अस्पतालमै मृत्यु छ। यो संगै उक्त हिंसामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

युएस क्यापिटोल प्रहरीले विज्ञप्ति जारी गर्दै प्रहरी अधिकृत ब्रायन डी सिकनिकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ।

बुधबार दिउँसो ट्रम्प समर्थकले सुरक्षा घेरा नाघेर संसद भवनभित्र तोडफोड गर्दा सिकनिक त्यहीँ ड्युटीमा खटेका थिए। ट्रम्प समर्थकसँगको झडपमा घाइते भएका उनलाई अस्पताल लगिएको थियो।

यस घटनामा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)