आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस:

चीनमा ११९ सङ्क्रमित भेटिएपछि एक करोड १० लाख मानिस लकडाउनमा


  • वीवीसी
  • शुक्रबार, पुस २४, २०७७
  • 333
    SHARES

तस्बिर स्रोत REUTERS

चीनको उत्तरी सहर सिजियाझुआङ्‌मा १२० जनामा कोरोनाभाइरस देखिएपछि एक करोड १० लाख मानिसलाई कडा लकडाउनमा राखिएको छ।

त्यहाँका बासिन्दाहरूलाई सहर छोड्न प्रतिबन्ध लगाइएको छ र विद्यालयहरू बन्द गरिएको छ।

सबै नागरिकलाई परीक्षण गर्न ५,००० भन्दा बढी परीक्षण स्थलहरू खडा गरिएको छ।

यो सङ्क्रमण सङ्ख्या चीनमा पाँच महिनायता सबैभन्दा बढी हो।

उक्त सहर रहेको हेवेई प्रान्तमा बिहवार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये ११९ जना सो सहरका थिए।

चीनमा बिहीवार अन्यत्र जम्मा २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

लकडाउन चिनियाँ नयाँ वर्षको केही साताअघि भएको छ। नयाँ वर्षको छुट्टीको समयमा चिनियाँहरू घुम्न निस्कने गर्छन्।

धेरै सङ्क्रमित भेटिएको गाओचेङ् क्षेत्रका मानिसहरूलाई स्थानीय बजारबाहेक अन्यत्र जान र अन्य सहरबासीलाई सहर छोड्न प्रतिबन्ध लगाइएको हो।

सिजियाझुआङ्‌का पाँच अस्पताललाई कोभिड-१९ को उपचारको लागि खाली गरिएको र अन्य तीनलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

सिजियाङ्हुङ्

अस्ट्रेलियाको ब्रिसबेनमा पनि लकडाउन

अस्ट्रेलियाको सहर ब्रिसबेनमा एक जनामा कोरोनााइरसको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ।

क्वारन्टीनस्थल रहेको होटलको एकजना सरसफाइ कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो। उनलाई अत्यधिक सङ्क्रामक नयाँ प्रकारको भाइरस सङ्क्रमण भएको बताइएको छ।

अस्ट्रेलियामा क्वारन्टीनस्थल बाहिर नयाँ प्रकारको भाइरसको सङ्क्रमण भेटिएको यो पहिलो पटक हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)