आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट स्थायी रुपमा बन्द


  • माउन्टेन खबर
  • शनिबार, पुस २५, २०७७
  • 520
    SHARES

सोसल मिडिया कम्पनी ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट स्थायी रुपमा बन्द गरिदिएको छ ।

उनले हालै अमेरिकी संसद भवनमा गएर हिंसा भड्काउन उक्साएपछि उनको एकाउन्ट यसअघि १२ घण्टासम्म निलम्बन गरिएको थियो ।

अबभने ट्विटरले पूर्णरुपमा नै उनको एकाउन्ट बन्द गरिदिएको छ । शुक्रबार ट्विटरले ट्रम्पमाथि गहन समीक्षा गर्दै यस्तो निर्णय लिएको बताएको छ । यसअघि ट्विटरले उनलाई पटक पटक चेतावनी दिएको थियो । कयौं पटक उनको एकाउन्टमा फ्ल्याग राखिएको थियो ।

यस हप्ता भयावह घटनाहरूको सन्दर्भमा, हामीले बुधवार यसलाई स्पष्ट पार्यौं कि ट्विटर नियमहरूको थप उल्लंघनले सम्भाव्य रूपमा यस कार्यको परिणाम हुनेछ,’ ट्विटरले भन्यो, ‘हामीले यस भन्दा अगाडीका वर्षहरुमा नै स्पष्ट गर्‍यौं कि यी खाताहरू हाम्रा नियमहरूभन्दा माथि छैनन् र हिंसा जगाउन ट्विटर प्रयोग गर्न सक्दैनन्।’

ट्विटर सेफ्टी एकाउन्टमार्फत कम्पनीले भन्यो, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरी @realDonaldTrump एकाउन्टको वरीपरी हेर्दा त्यसले थप हिंसालाई उत्साहित गर्ने हुँदा सधैंका लागि बन्द गर्ने निर्णय लिईयो ।’

टेकक्रन्चकाअनुसार यसैबिच उनको व्यक्तिगत एकाउन्ट बन्द भएसँगै उनले अमेरिकी राष्ट्रपतिको आधिकारीक एकाउन्टबाट ट्वीट गर्दै ट्विटरले स्वतन्त्र आवाज बन्द गराएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)