शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने’


  • माउन्टेन खबर
  • शनिबार, पुस २५, २०७७
  • 1.3K
    SHARES
काठमाडौँ, २५ पुस। नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज  आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।
काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो ।
“कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले राहत ल्याउन सकेन, पर्यटन क्षेत्रलाई बचाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । निजी क्षेत्र र सरकारी निकायबीच आवश्यक परामर्श तथा छलफल हुन नसक्दा पर्यटन क्षेत्रमा समस्या आएको उहाँको भनाइ थियो ।
एशोसिएशनका अध्यक्ष ईश्वर शर्माले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पु¥याउनका लागि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको उहाँको भनाइ छ ।
एशोसिएशनका पूर्वअध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष ढकनाथ काफ्लेलगायतले आन्तरिक पर्यटन क्षेत्रमा लहर ल्याउन नसके पर्यटन क्षेत्रलाई बचाउन नसकिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)