शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रहेनन् एन्फाका पूर्वमहासचिव शाही


  • माउन्टेन खबर
  • सोमवार, पुस २७, २०७७
  • 314
    SHARES

२७ पुस, काठमाडौं। एन्फाका पूर्वमहासचिव तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।

शाहीको आइतबार राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिनुभयो। उहाँको आइतबार नै दैलेखमा आइतबार दाहसंस्कार गरिएको छ।

विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही केहि हप्ता अघि मात्रै दैलेख जानुभएको थियो। उहाँ पछिल्लो समय सार्वजनिक कार्यक्रममा पनि देखिनु भएको थिएन।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेल्नुभएको शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन्।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गर्नुभएको थियो। त्यसक्रममा उहाँ सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बन्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)