आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

किम जोन बने सत्तारुढ वर्कर्स पार्टीको महासचिव


  • माउन्टेन खबर
  • सोमवार, पुस २७, २०७७
  • 598
    SHARES

२७ पुस , कोरिया । कोरियाका नेता किम जोन उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ। सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिवमा निर्वाचित हुनुभएको हो ।

वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो।

‘अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’ केसिएनएले भनेको छ।

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो।

यसपालिको अधिवेशनले पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोको पनि निर्वाचन गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)