शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘त्यही सच्चा नेपाली’ बोलको गीत सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, पुस २७, २०७७
  • 1.3K
    SHARES

काठमाडौँ, २७ पुस । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका अवसरमा आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

चलचित्र यात्राको निर्मातासमेत रहनुभएका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन इशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भइसकेको छ । अभिनेत्री तथा निर्मात्रीका रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गर्नुभएको छ ।

निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलोपटक भएको बताउनुभयो । चार दिन लगाएर छायाङ्कन सम्पन्न गरिएको भिडियोमा विभिन्न स्थानका दृश्य समेटिएको छ । आनन्द अधिकारीको शब्द तथा राजन इशानको सङ्गीत निर्देशनको ‘त्यही सच्चा नेपाली’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गर्नुभएको छ ।

भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलीप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशङ्कर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिताष्मा हमाललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)