आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड १९ जितेर घर फर्केकाहरुमा पुन: ‘लङ कोभिड’


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 462
    SHARES

२८ पुस, काठमाडौं। चीनले गरेको एक अध्ययनमा कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको छ।

१७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौँ पछि पनि कम्तिमा एउटा लक्षण देखिएको उल्लेख छ ।

शुक्रबार मेडिकल जर्नल द ल्यानसेटमा प्रकाशित यस अध्ययनमा संक्रमण पुष्टि भएको ६ महिनापछि पनि थकान र सुत्नमा समस्याको लक्षण सबैभन्दा धेरै, क्रमशः ६३ र २६ प्रतिशत, मा पाइएको बताइएको छ ।

विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड–१९ बाट निको भए पनि यसले दीर्घकालिनरुपमा मानिसको स्वास्थ्यमा असर पुर्याउने यस अध्ययनले देखाएको छ ।

कोभिड–१९ ले दीर्घकालिनरुपमा मानिस स्वास्थ्यमा असर पुर्याउने पाइएको छ । २३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसनको समस्या पाइएको पनि उक्त अध्इयनमा उल्लेख छ । सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।

विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइरसले स्वास्थ्यमा पार्ने दीर्घकालिन असरको बारेमा अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘लङ कोभिड’ को नाम दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)