शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशको टिमको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 656
    SHARES

काठमाडौं,२९ पुस। आउँदो माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशले टिमको घोषणा गरेको छ ।

उक्त टिममा मकवानपुरका चार खेलाडीसमेत अटाएका छन् । वाग्मती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेको टिममा मकवानपुरका रामनरेश गिरी, रिजन ढकाल, तक्षक सिम्खडा र विशाल फुँयाल रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट त्रिभुवन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)