बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 644
    SHARES
  • फाइल फोटो
लमजुङ, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताउनुभएको छ ।
लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेका कारण अहिलेको अवस्था आयो ।” मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमोहन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको बताउनुभयो ।
“कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)