मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै पोखरा टान


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 683
    SHARES

पोखरा, १ माघ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करीब १५ किलोमिटर हाइकिङ गरेको हो ।

“प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतीसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो”, टानका अध्यक्ष सुशील पौडेलले भन्नुभयो ।

“कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन अब आन्तरिक पर्यटक लक्षित गतिविधिमा जोड दिँदै पदयात्रा प्रर्वद्धनसँगै हाइकिङ संस्कृतिको विकासका लागि पहल थालिएको हो”, पौडेलले व्यस्त जीवनशैलीका कारण मानिस प्रकृतिबाट टाढा टाढा भइरहेका अवस्थामा हरिया डाँडापाखाभित्रका शान्त स्थलमा चराचुरुङ्गीका चिरविर आवाजसँगै पैदल यात्राले शारीरिक र मानसिक दुवै स्फूर्ति बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसको महत्वलाई बुझाउँदै यस क्षेत्रको विकासमा हाइकिङ ट्रेलको प्रवद्र्धनात्मक कार्यमा जोड दिन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पछिल्लो समयमा हाइकिड संस्कृतिको विकास हुँदै गएको बताउनुभयो ।

“हाइकिङमा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरिङ्गी, हिमाल, पहाड, ग्रामीण परिवेश रहन सहन संस्कृतिसँगै रमाउन सकिन्छ ।” भट्टराईले भन्नुभयो, “पोखरा आसपासमै छोटो लामो दूरीका हाइकिङ ट्रेल छन् तर प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । पारिवारिक वातावरणमा हाइकिङ गर्न सकिने यस्ता ठाउँहरुकोे प्रवद्र्धनमा जोड दिनुपर्छ ।” उहाँले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका हिसाबले पनि हाइकिङ निकै राम्रो मानिने बताउनुभयो ।

अहिलेको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिन हाइकिङ ट्रेलकाबारे प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने उहाँको भनाइ थियो । पोखरा–२४ का वडाध्यक्ष ओम सुवेदीले पर्यटकीय, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्व बोकेको कास्कीकोटको विकासका लागि थुप्र्रै काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रको विकास र प्रवद्र्धनमा लागेका छौँ, पदमार्ग निर्माण भइरहेको छ । नागडाँडाबाट देउरालीसम्म तीन किलोमिटरको अपाङ्गमैत्री पदमार्ग बनेको छ त्यसयता पोखरा– २४ र १८ सम्मको करीब आठ किलोमिटर पदमार्ग स्तरोन्तिको काम पनि भइरहेको छ ।” सुवेदीले नेपाल पर्यटन बोर्डको सहयोगमा पाँच लाख ७१ हजार बजेटबाट उक्त काम भइरहेको जानकारी दिनुभयो । आन्तरिक पर्यटकका लागि निकै उत्कृष्ट गन्तव्य रहेकाले यस क्षेत्रको प्रचारप्रसारमा आवश्यक रहेको उहाँको भनाइ छ ।

कास्कोट पर्यटन विकास समितिको समन्वयमा सम्पन्न हाइकिङ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चाकर्मीसहित ७० जनाको सहभागिता रहेको समितिका संयोजक उदय सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)