आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिनमा बेलायतमा कोरोनाबाट एक हजार २४८ को मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २, २०७७
  • 458
    SHARES

२ माघ, लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरको जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५ पुगेको हो।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दर अत्यधिक रुपमा बढेसँगै फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)