आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले  नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 860
    SHARES

जनवरी १५, अमेरिका । नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले  नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ ।  ‍अक्टोवर, २०२१ मा  गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट  पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ ।

सम्मेलनका लागि अनेसास केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार एलबी क्षेत्रीलाई संयोजक तोकेको छ । साहित्यकार क्षेत्री अनेसासका सल्लाहकार पनि हुन् । यसैगरी बैठकले  अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीलाई सदस्य सचिव चयन गरेको छ ।

सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा विदेशी लेखकलाई नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने छ ।

सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ ।

सम्मेलन अनेसासको देखेको सपना मध्यको एक भएको बताउछन् अनेसास अध्यक्ष प्रकाश पौडेल माइला । उनी भन्छन्, ‘नेपाली भाषा साहित्यका अतिरिक्त कला र संस्कृतिलाई समेतलाई अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउने यो हाम्रो एक अभियान हो । धेरै अगाडिदेखिको अनेसासको सपना अव छिट्टै पूर हुने विश्वास छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)