शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसद बिघटन असंबैधानिक :कांग्रेस युवा नेता मोहन आचार्य


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 1.2K
    SHARES

रसुवा, ३ माघ | संसद विघटन विरुद्धमा नेपाली कांग्रेस रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ ।

नौकुण्ड गाउँपालिकाको जेरो किलोबाट नारा जुलुससहित सुरु भएर पार्च्याङमा कोणसभामा परिणत भएको थियो ।

कालिका गाउपालिकामा कालिकास्थान देखि घुम्ती बजारसम्म र्याली गरिएको छ ।

गोसाइँकुण्ड गाउपालिकामा स्याफ्रुबेशीमा र्याली गरिएको थियो ।

नेपाली कांग्रेस उत्तरगयाँ समितिद्वारा बेत्रावतीमा विरोध सभा आयोजना भएको छ ।

आज विभिन्न स्थानीय तहमा भएका विरोध सभा मध्ये नौकुण्ड गाउपालिकामा र उत्तरगयाँ गाउपालिकाको कार्यक्रममा कांग्रेस युवा नेता मोहन आचार्य सहभागी हुनु भयो ।

विरोध सभालाई सम्बोधन गर्दै युवा नेता मोहन आचार्यले संसद बिघटन को कदम असंबैधानिक रहेको बताउनु भयो।

नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको भन्दै नेता आचार्यले न्यायलयले दीने फैसला कांग्रेस लाई मान्य हुने बताउनु भयो।

अब आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुन उहाँले कार्यकर्ता लाई आग्रह समेत गर्नु भयो।

यहाँ आयोजित विरोध सभाको सभापतित्व गाउँपालिका संयोजक ओम प्रसाद आचार्यले गरेका गर्नु भएको थियो ।

कार्यक्रमलाई काङ्ग्रेस नेता उपेन्द्र लम्साल, महीला नेत्री सुनिता मायाँ गुरूङ, नेता बम बहादुर गुरूङ, नेता उतम थापा, नेबिसंघ नेता बिप्लब खडका लगायतले अब निर्बाचन को लागि जुट्नु को बिकल्प नरहेको बताउनु भयो ।

उता, नौकुण्ड गाउपालिकामा भएको बिरोध कार्यक्रमलाइ नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले र काङ्ग्रेस नौकुण्ड गाउँपालिका सभापति डिल बहादुर मोक्तानले सम्बोधन गर्नु भएको थियो ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न।

गोसाइँकुण्ड गाउँपालिकामा स्याफ्रुबेशी बजार परिक्रमा गरि स्याफ्रुबेशी बजारमा कोण सभामा परिणत भएको थियो। जिल्ला पार्टी सचिव सुनावाङ्दी तामाङ,नेताहरु राजु तितुङ गाउँपालिका सभापती सोनम तामाङले सम्बोधन गर्नु भएको थियो ।

कालिका गाउपालिकामा पालिका सभापती तृण्ण राज न्यौपानेले विरोध सभाको नेतृत्व गरेका गर्नु भएको थियो ।

त्यसैगरी आमाछोदिङ्मो गाउपालिकामा पालिका संयोजक कामी ग्याल्बो घले, नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बा छिरिङ र महाधिवेशन प्रतिनिधि उर्केन तामाङ जिल्ला उपसभापति फुर्बा वाङ्दी तामाङ आमाछोदिङमो गाउँ पालिकको प्रमुख -बुचुङ तामाङ नेता मिलन तामाङले बिरोध सभालाई सम्बोधन गर्नु भएको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । यस निर्णयको विरोधमा सर्वोच्चमा परेका रिटमाथी बहस जारी छ । काङ्ग्रेसले निर्णयको विरोधमा चरणवद्द आन्दोलन घोषणा गरेको छ । सोही क्रममा आज ७५३ वटै प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)