मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाल आरोहणमा १० नेपाली युवाले रचे इतिहास


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 543
    SHARES

काठमाडौं, ४ माघ । नेपालका १० जना पर्वतारोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटु हिमालको सफल आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँदयाममा कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन । तर नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा डेभिड शेर्पा, दावा तेन्जिङ शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, र सोना शेर्पाले शनिबार साँझ ५ः४५ बजे आरोहण गरेका हुन । यो हिमालको उचाई ८ हजार ६ सय ११ मिटर रहेको छ ।

१०आरोहीमध्ये मिङ्मा जी शेर्पाले बिनाअक्सिजन नै आरोहण गरेका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)