सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामसङका उपाध्यक्ष लीलाई साढे २ वर्षको जेल सजाय


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 307
    SHARES

काठमाडौं,५ माघ।सामसङका उपाध्यक्ष जे वाई लीलाई जेल सजाय सुनाईइएको छ । दक्षिण कोरियाको उच्च अदालतले घुसको मामलामा लीलाई साढे २ वर्षको जेल सजाए सुनाएको हो ।

यस घटनामा दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गुएन हाईको नाम पनि जोडिएको थियो । पार्क घुस र भष्ट्राचारको आरोपमा जेल परेका थिए । यो घटनामा पुन मुद्धा चलाइएको हो । अहिले लि जेई योङलाई सजाए सुनाइएको हो ।

कोरियामा सामसङको विरासत यति ठूलो छ कि कोरियाका व्यापारिक घराना सामसङ र गैर सामसङमा विभाजित छन् । यसको अन्तिम फैसला जनवरी १८ मा सुनाइएको हो।

उनी माथि लेखापरीक्षणमा जालसाझी गरेको, सेयर मूल्य हेरफेर गरेको आरोप पनि छ । उक्त आरोपको सम्बन्धमा सुनुवाई अक्टोबरमा हुनेछ।

यो घूस प्रकरण सन् २०१७ मा बाहिर आएको थियो । तत्कालिन समयमा लीले पार्क र उनको घनिष्ठ साथी चोई सून सिलाई घूस दिएको आरोप छ ।

तत्कालिन समयमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

उनको बुवा गुएन हाइको अधिनमा रहेको सामसङको उत्तराधिकार आफ्नो अधिनमा पार्न उनले सरकारी सहयोग जुटाउन घूस दिइएको आरोपमा उल्लेख छ।

अवैध भुक्तानी र भ्रष्टाचारका कारण पार्कलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा उनको अपिललाई स्विकार गर्दै अदालतले सजाय घटाइ जेल मुक्त भएका थिए । त्यसपछि ली सामसङ डे फ्याक्टोको प्रमुखका रुपमा कार्यरत थिए ।

सन् २०१९ मा सूप्रिम कोर्टले अदातलको अपिल खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)