सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेम सरिता पाठक फाउन्डेसनबाट १० हजार अमेरिकी डलरको छात्रवृत्ति


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 626
    SHARES

जनवरी १९ अमेरिका ।अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको छात्रवृतिको घोषणा गरेको छ।

कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोगका लागि स्कलरसिपको घोषणा गरिएको हो। सकारात्मक सामाजिक परिवर्तनका लागि समुदायमा सकृय रहेकाहरुलाई प्राथमिकता दिइने र उक्त छात्रबृत्तिका लागि नेपालीलगायत, भारत, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका अमेरिकामा अध्ययनरत विद्यार्थीहरु पनि योग्य हुने जनाइएको छ।

छात्रबृत्तिको अभावका कारण अमेरिकामा डिग्री हासिल गर्नमा समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको जनाइएको छ। अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको, नेपाली लगायत, भारत, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले आवेदन दिनसक्नेछन्। आवेदन गत फेब्रुअरी १ मा खुल्ला गरिने र अप्रिल १५ सम्म आवेदन दिन सकिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)