सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आज औपचारिक रुपमा राष्ट्रपतिको सपथ लिदै


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 432
    SHARES

काठमाडौं,७ माघ। विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक पार्टीका जो बाइडनले आज औपचारिक रुपमा राष्ट्रपतिको सपथ लिदै हुनुहुन्छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएका बाइडनको नेपाली समय अनुसार आज राति सवा १० बजे सपथ ग्रहण कार्यक्रमको शुरुवात हुनेछ ।

अमेरिकी कानुन अनुसार जनवरी २० मा सपथ ग्रहण गरी पदभार ग्रहण गर्ने परम्परा अनुसार बाइडन ४६ औं राष्ट्रपतिका रुपमा आजै ह्वाइट हाउस प्रवेश गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपतिका रुपमा बाइडनको चार वर्षे कार्यकाल औपचारिक रुपमा आजै शुरु हुनेछ । पदभार ग्रहण समारोह अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुन्छ । सो समारोहमा राष्ट्रपतिमा निर्वाचित जो बाइडनले पदको सपथ बाचन गर्नुहुनेछ ।

संविधानको रक्षा गर्ने प्रतिबद्धता जनाइएको सपथ लिएपछि जो बाइडन औपचारिक रुपमा अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नु हुनेछ । सोही समारोहमा कमला ह्यारिसले पनि शपथ लिने बित्तिकै उपराष्ट्रपति बन्नुहुनेछ । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)