७ माघ, काठमाडौं। मंगलबारसम्ममा अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।
जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,लाख १ हजार ५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
जो बाइडेन प्रशासनमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनका हुन लागेका प्रमुख रोशेल वेलेनस्कीले फेब्रुअरीको मध्यसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाखसम्म पुग्न सक्ने अनुमान लगाएका छन् ।
संसारभरी कोरोनाका कारण हालसम्म २० लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ ।
