सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजपरिवारको आलोचना गरेको भन्दै ४३ वर्ष जेल सजाय


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 465
    SHARES

७ माघ, बैंकक। थाइल्यान्डमा एक महिलालाई राजपरिवारको आलोचना गरेको अभियोगमा ४३ वर्षको जेल सजाय सुनाइएको छ ।

ती ६३ वर्षीया ‘अन्चन’ नाम गरेकी पूर्वसरकारी कर्मचारीले यसअघि सामाजिक सञ्जालमा एउटा ‘पोडकास्ट’बाट ‘अडियो क्लिप’ पोस्ट गरेकी थिइन् ।

उनले केबल ती अडियो फाइल मात्र सेयर गरेकी थिइन् र सो सामग्रीबारे कुनै प्रतिक्रिया जनाएकी थिइनन् । तर, थाइल्यान्डको ‘लेस–मेजेस्ते’ कानुनअन्तर्गत राजतन्त्रको कुनै पनि किसिमले अपमान गर्न निषेध गरिएको छ । जसलाई विश्वकै सबैभन्दा कडा नियम पनि भन्ने गरिन्छ ।

थाइल्यान्डले गत वर्ष मात्र महिनौँ जारी सरकारविरोधी आन्दोलनपश्चात् सो कानुनमा केही संशोधन गरेको थियो । प्रदर्शनकारीहरुले यसमा राजतन्त्रसम्बन्धी परिवर्तनको माग गरेका थिए ।

अन्चनले भने २९ वटा फरक–फरक कानुन उल्लंघन गरेकामा सजाय पाउने भनिएको छ । यससम्बन्धी ‘ट्रायल’ बन्द ढोकाभित्र सञ्चालन गरिएको थियो । जसमा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै दोषीविरुद्धका प्रमाणहरु गोप्य राखिने बताइएको छ ।

उनले सो अडियो क्लिप २०१४ र १५ का बीच फेसबुक र युट्युबमा सेयर अनि पोस्ट गरेकी थिइन् । सुरुवातमा उनलाई ८७ वर्षको जेल सजाय सुनाइएको थियो । पछि मात्र आधाले कटौती गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)