७ माघ, काठमाडौं। कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका झन्डै ६० देशमा पुगेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ भने यो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको छ। योसँगै यसले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेकोले सतर्कता अपनाउन डब्लूएचओले आग्रह गरेको छ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ।
तर त्यसमा नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ।
युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ।
