जनवरी २० अमेरिका । अमेरिकाका ४५ औ राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउस छोडे र आफ्नो निवास फ्लोरिडा उडेका छन ।आज दिउँसो १ बजे उन्को पदाबधी सिद्धिन्छ । सो समय अगाबै बिहान ८ बजे ह्वाईट हाउस छोड्ने उन्को योजना भएता पनि केही समय बिलम्व भएको थियो । उन्लाई बिदा गर्न केही सीमित मानिसहरु व्हाईट हाउस पुगेका थिए। उनिहरु सामाजिक दुरी र मुखावरण लगाएर आएका थिए ।
अमेरिकाको १५२ बर्षको इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगरी बाहिरिने उनी पहिलो राष्ट्रपति बने । ट्रम्पले ऐतिहासिक संस्कार बिधिलाई लत्याएका छन् । ट्रम्पले ह्वाईट हाउस छोड्ने अन्तिम समय मंगलबार राती ७३ जनालाई क्षमादान दिएका छन् ।
उनले अहिले सम्म चुनाव हारेको स्वीकार सम्म गरेका छैनन भने बाइडेनले धाधली र चोरेर चुनाव जितेको भनि झुटो सूचना प्रचार गर्दै आई रहेका छन ।
उन्ले प्रथम महिला मेलानिया ट्रम्पलाई पनि बोल्न भने पछि मेरो लागि प्रथम महिला हुनु नै सबैभन्दा ठूलो सम्मान हो भन्दै धन्यवाद दिएकी थिईन ।
ट्र्म्पले पनि सबैलाई धन्यवाद दिदै कर छुट ,लगायत अन्य बिषयमा बोल्दै कोभिड-१९ को खोप ९ महिनामै निर्माण गर्न सफल भएको चर्चा गरे । यता हुनेवाला ४६ औ राष्ट्रपति जो वाईडेनको उदघाटनको लागि २५ हजार सैनिक सुरक्षाको लागि तयार गरिएको छ भने सुरक्षा निकै कडा पारिएको छ ।
सन् २०१७ मा पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई स्वागत गरेका थिए भने जर्ज डब्लु बुसले पनि ओबामालाई निमन्त्रणा दिई व्हाइट हाउसमा स्वागत गरेका थिए ।
गत मंगलबार उनले अमेरिकी जनतालाई अन्तिम बिदाई संदेश दिएका थिए भने उन्ले मेरील्साण्डको सैन्य अड्डा एन्ड्रयूजको संयुक्त आधार एन्ड्रयूजमा भएको कार्यक्रममा मन्तव्य राखेका थिए ।
