शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबको विजयी सुरुआत


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 1.0K
    SHARES

ललितपुर,९ माघ। विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हारएको हो । पुलिसले उदयपुलाई अधिकांस दबाबमा राखेको थियो ।
एत तर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २÷२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुआती अग्रता लिउको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहारगरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन ।

सुरुआतबाट नै दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो । निर्धातिर समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई निश्चित गरिन । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ ।पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगितामा शनिबारलाई तय भएका दुई खेल स्थगित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)