मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक गठबन्धनमा बाधिँदै


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 1.1K
    SHARES

काठमाडौं,११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आज वैवाहिक गठबन्धनमा बाधिँदै छन् । ५० वर्षीय मुख्यमन्त्री राईले २० वर्षिया सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् । वैवाहिक कार्यक्रम काठमाडौंमा नै हुने बताईएको छ । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

मुख्यमन्त्री राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पनि छन् भने उता ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मु सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । ज्याङ्मु मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन् ।

मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मु बिचको वैवाहिक जिवन सुरुवातको लागि आफन्त नातेदार तथा सुभचिन्तकहरुले उनीहरुलाई समाजिक सञ्जालहरुमार्फत पनि अग्रिम शुभकामना दिँदै आएका छन् । ज्याङ्मु शेर्पा आफैले पनि हिजो (शनिवार) सामाजिक सञ्जालमा आफ्नो मन जित्ने मान्छेसंग खुसीसमथ वैवाहिक जिवनमा बाधिँदै भनेर लेखेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)