सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा लकडाउन थपियो


  • माउन्टेन खबर
  • सोमवार, माघ १२, २०७७
  • 674
    SHARES

११ माघ, लन्डन । कोरोना संक्रमण फैलिने दर नघटेपछि बेलायतले १७ जुलाईसम्म लकडाउन घोषणा गरेको छ। तर पछिल्लो पाँच दिनयता भने ब्रिटेनलाई कोरोनबाट केही राहत भने मिलेको छ। १९ जनवरीयता बेलायतमा हरेक दिन १ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गुमाइरहेका थिए। आइतबार भने यो संख्या ६ सय १० मा झरेको थियो। बेलायतमा हरेक दिन ३० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको छ। साथै बेलायतले कोरोना संक्रमण धेरै भएको देशबाट आउने यात्रुहरूलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्न भनिसकेको छ।

आइतबार मात्रै देशभर ३० हजारभन्दा बढी कोरोना नयाँ संक्रमित फेला परेका थिए। यहाँ दक्षिण अफ्रिका भेरियन्ट कोरोनाका ७७ र ब्राजिल भेरियन्टका ९ संक्रमित पाइएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि गरिएको लकडाउनले संक्रमणदर घटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै फेरि पनि लकडाउन गर्नुपर्ने अवस्था आएको बेलायतले जनाएको छ।

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा गत पुसमा पनि डेढ महिना लकडाउनको घोषणा गरिएको थियो। मध्य फेब्रुअरीसम्म सबै स्कुल बन्द रहने, स्वास्थ्य र फिटनेस कायम राख्न हप्तामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति दिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)