सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको ७२ औँ गणतन्त्र दिवस : नेपालसँग विकास निर्माणदेखि कोभिड खोपसम्मको सहकार्य


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १३, २०७७
  • 835
    SHARES

काठमाडौँ, १३ माघ । भारतले आज ७२ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउँदै छ । नेपाल–भारतबीचको सम्बन्ध धेरै पुरानो छ । नेपालको पूर्वी, पश्चिम र दक्षिण क्षेत्रमा फैलिएको भारत र नेपालबीचको सम्बन्ध भारत–नेपाल शान्ति तथा मैत्री सन्धिदेखि सुरु भएको मानिन्छ ।

नेपालको तीन दिशामा फैलिएको भारत सरकारले नेपालको आर्थिक विकासको यात्रामा समेत हातेमालो गर्दै आएको छ । सन् २०२० को सुरुवातदेखि विश्वमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतपनि अछुतो रहन सकेन । कोरोनाका कारण अमेरिकापछिको सबैभन्दा धेरै ज्यान गुमाउने मुलुकका रुपमा रहेको भारतमा कोरोनाले झण्डै १ लाख ५५ हजारले ज्यान गुमाए । भारत सरकारले कोरोनाबाट जुध्न विभिन्न उपायहरु अपनाउँदै कोभिड–१९ विरुद्धको खोपसमेत विस्तार गरिसकेको छ ।

भारत सरकारले आफ्ना छिमेकी मुलुकलाई सहयोग गर्ने कार्यक्रमअनुसार नेपाललाई समेत १० लाख डोज खोप उपलब्ध गरायो । विस २०७७ माघ ३ भारतमा विश्वको सबैभन्दा ठूलो कोभिड –१९ विरुद्धको खोप अभियान सुरु भएको एक हप्तामै ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतले नेपाललाई उक्त खोप उपलब्ध गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सक्रियतामा उक्त खोप नेपाललाई उपलब्ध गराइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यस्तै, कोभिडको समयमा भारतले कोरोना टेस्ट किट, माक्स, सेनिटाइजर, फेस शिल्डलगायतका स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरेको छ । प्रत्येक वर्ष स्वतन्त्रता दिवसका दिनमा नेपालका विभिन्न सामाजिक सङ्घ संस्थालाई एम्बुलेन्स प्रदान गर्दै आएको भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा समेत ठूलो सहयोग गर्दै आएको छ । भारत सरकारले प्रत्येक वर्ष १००० व्यक्तिलाई स्नातक, स्नाकोत्तर, विद्यावारिधी पढाइका लागि छात्रावृत्ति प्रदान गर्दै आइरहेको छ ।

यस्तै, भूकम्पले क्षति पु¥याएका भौतिक संरचना निर्माणमा समेत भारत सरकारले सहयोग पु¥याउँदै आएको छ । भारत सरकारले एक वर्षमा नेपालको विकासका लागि गरेको सहयोग तस्बिरमा समेत उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)