सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वमा कोरोना संक्रमित १० करोड नाघ्यो


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 646
    SHARES

काठमाडौं,१४ माघ।  विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।

संक्रमणकै कारण विश्वभर मृत्यु हुनेको संख्या पनि २१ लाख ६५ हजार भन्दा बढी छ । सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म २ करोड ६० लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि ४ लाख ३५ हजारभन्दा बढी छ ।

संक्रमितको संख्याका आधारमा विश्वमा अमेरिका पछि दोस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म १ करोडभन्दा बढी संक्रमित छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्याका आधारमा भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । मृतकको संख्याका आधारमा भारत विश्वमै तेस्रो बढी प्रभावित मुलुक हो । यसै गरी बेलायतमा पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

बेलायत कोरोनाका कारण युरोपेली मुलुकमा १ लाखभन्दा बढी मृत्यु हुने पहिलो मुलुक हो । युरोप र अमेरिकी मुलुकमा संक्रमण बढ्दो छ । एसियाली मुलुकहरुमा भने संक्रमण घट्दो क्रममा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)