मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होटेल संघ र केन्द्रीय ट्रेड युनियन संघ-संगठनबीच नयाँ सम्झौता


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 686
    SHARES

काठमाडौं, १४ माघ । होटेल संघ नेपाल (हान) र ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति भएको छ । संघ र युनियनबीच यसअघि भएको पारिश्रमिक सम्बन्धी सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले नयाँ सम्झौता भएको संघले बताएको छ ।

उक्त सम्झौता अनुुसार पाँचतारे होटेलले श्रमिक तथा मजदुरलाई मासिक पाँच हजार, चारतारे होटेलले चार हजार, तीनतारे होटेलले तीन हजार, दुईतारे होटेलले दुई हजार ५००, एकतारे होटेलले मासिक दुई हजार रुपैयाँ दिने सहमति भएको छ । पर्यटकस्तरीय होटेलका श्रमिक तथा कर्मचारीको हकमा भने सञ्चालक र कर्मचारीबीचको आपसी सहमतिमा निर्धारण हुनेछ ।

कोभिड–१९ को महामारीका कारण सरकारद्वारा गरिएको बन्दाबन्दीबाट होटेल व्यवसाय पूर्ण रूपमा ठप्प भई व्यवसाय धरासायी हुन गएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत् कर्मचारीहरूको पारिश्रमिक भुक्तानीसम्बन्धी समस्या समाधान र व्यवस्थापन गर्न नयाँ सहमति गरेको संघका महासचिव साजन शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)