शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केटू हिमाल आरोहण गर्ने पर्वतारोहीको टोलीलाई पाकिस्तानी दूतावासको सम्मान


  • माउन्टेन खबर
  • आइतवार, माघ १८, २०७७
  • 870
    SHARES

काठमाडौं ,१८ माघ।  नेपालस्थित पाकिस्तानी दूतावासले विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई सम्मान गरेको छ । राजधानीमा सनिबार एक कार्यक्रमका आयोजना गरी दुताबासले आरोही टोलीलाई सम्मान गरेको हो ।

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा केटु हिमाल आरोहण गरेर नेपाली आरोहीहरुले  विश्व कीर्तिमानी राखेको भन्दै  उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा पाकिस्तानी राजदूत शाहले पर्वतारोही समूहका टिम लिडर   निर्मल पूर्जा सहितको टोलीलाई  पाकिस्तान सरकारका तर्फ बाट मायाको चिनो पनि प्रदान गरेको थियो ।

आरोही टोलीले आरोहणका क्रममा पाकिस्तानी सरकारबाट  पाएको सहयोग साथ र समर्थन प्रति आभार ब्यक्त गर्दे धन्यवाद दिएका थिए ।  निर्मल पूर्जा सहितको १० सदस्यीय टोलीले माघ तीन गते  पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल  चढेर विश्व कीर्तिमान कायम गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)