मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घरेलू मैदानमा लेभान्तेसँग रियल पराजित


  • माउन्टेन खबर
  • आइतवार, माघ १८, २०७७
  • 967
    SHARES

१८ माघ, काठमाडौं । रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा लेभान्तेसँग पराजित भएको छ । पराजयसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा ७ अंकले पछि परेको छ । डिएगो सिमिओनीको टोलीले रियलभन्दा दुई खेल कम खेलेको छ ।

शनिबारको खेलमा जिनेदिन जिदानले घाइते कप्तान सर्जियो रामोशको स्थानमा एडर मिलिटाओ र राफायल भरानको जोडीलाई मौका दिएका थिए । तर त्यो ९ मिनेट मात्र टिक्यो । मिलिटाओले सर्जियो लियोनलाई पेनाल्टी एरिया बाहिर लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले रातो कार्ड पाए ।

तर, लगत्तै मार्को असेन्सियोले टोनी क्रुसको पासमा रियललाई अग्रता दिलाए । यद्यपि, यो लामो समय टिक्न सकेन । लेभान्तेका कप्तान होजे लुइस मोरालेसले खेलको ३२ औँ मिनेटमा खेल बराबरी गरे ।

दोस्रो हाफमा रोजर मार्टीको पेनाल्टीलाई रियलका गोलकिपर थियाबट कोर्टवाले बचाउ गरे पनि उनले नै ७८ औँ मिनेटमा निर्णायक गोल गरे ।

ला लिगामा पछिल्लो १० खेलमा रियलको यो पहिलो पराजय हो । तर, पछिल्ला चार खेलमध्ये रियलले ३ खेलमा हार ब्यहोरेको छ ।

अन्य खेलमा सेभियाले इबारलाई २–० ले हरायो भने भ्यालेन्सियाले इल्चेलाई १–० ले पराजित गर्यो । भिल्लेरियाल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)