शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘जलयात्राका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाइने’


  • माउन्टेन खबर
  • सोमवार, माघ १९, २०७७
  • 743
    SHARES

काठमाडौँ, १९ माघ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् ९नाराले० जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ ।

नाराको आइतबार सम्पन्न ३२ औँ साधारण सभाले कोभिड–१९ का कारण थला परेको जलयात्रा व्यवसायलाई पहिलेको अवस्थामा लैजानका लागि व्यवसायीबीच आपसी समझदारी कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले जलयात्रासम्बन्धी आचारसंहिता निर्माण गरी लागू गर्ने, जलयात्रा व्यवसायी र कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने, अवैधरुपमा सञ्चालित जलयात्रा व्यवसायलाई निरुत्साहित गर्ने निर्णय गरेको नाराका महासचिव शिशिर खनालले जानकारी दिनुभयो ।

यस्तै, जलयात्रा व्यवसायीको प्रवद्र्धनका लागि प्रभावकारी बजारीकरण गर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत पूर्ण कर्जाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, विद्यमान विमा नीतिमा जलयात्रा व्यवसाय सुहाउँदो नीति निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले विद्यमान परिस्थितिलाई मध्यनजर गरी न्यूनतम जलयात्रा दररेट निर्धारण गर्ने, ह्वाइट वाटर नेपाल वुकमा रहेका नदी खोल्न प्रयत्न गर्ने निर्णयसमेत गरेको महासचिव खनालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)