सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानमा खोप अभियान शुरु


  • माउन्टेन खबर
  • बुधबार, माघ २१, २०७७
  • 502
    SHARES

इस्लामाबाद, २१ माघ।  पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो ।

चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ ।

सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।

करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ । तर सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित व्यक्ति र मृत्युको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।

सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरुले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ ।

अस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्स मार्फत सन् २०२१ को पहिलो छ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारले विश्वास लिएको छ ।

भारतले छिमेकी मुलुकहरुलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान रहेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)