काठमाडौं,२२ माघ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक कु को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।
महासचिवले सैनिक ‘कू’ असफल रहने भन्दै यसको जनस्तरबाट प्रतिरोध भएको बताउनु भयो । निर्वाचनको परिणामा उल्ट्याउने कार्य स्वीकार्य नभएको भन्दै महासचिव गुटेरसले सैनिक ‘कू’ को निन्दा गर्नुभयो ।
यसैबिच, सेनाद्वारा सत्ता हत्याइएको विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफल भइरहेको छ ।
परिषद्ले सैनिक कुका विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘कू’ को निन्दा गर्ने विषयमा राष्ट्रसंघका एक सदस्य चीनले औपचारिक धारणा अझै सार्बजनिक गरेको छैन ।
सैनिक हिरासतमा राखिएकी नेतृ आङ साङ सुकीलाई विभिन्न आरोप लगाउँदै सैनिक शासकले वहाँ विरुद्ध मुद्धा दर्ता गरेको छ ।
राष्ट्रपति विन मिन्टलगायत अन्य नेताहरुलाई पनि सैनिक नियन्कोत्रण मै राखिएको छ । ‘कू’ पछि सत्ताको नेतृत्व सेना प्रमुख मिन आङ हियाङले गरेका छन् ।
