सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव : नाट्टाको भवन निर्माणमा सहयोग र ग्राहकलाई प्याकेज


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 437
    SHARES

 

 काठमाडौँ ,२३माघ ।आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवकाअवसरमा नेपालएसोसिएसनअफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगकालागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीचआइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्षविनय बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवकाअवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षितगर्दै बिभिन्न ग्राहकमूखी योजनाल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमाआफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमईसमुहले पर्यटनक्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

२५औँ वार्षिकोत्सवकाअबसरमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपकाअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन बिकासकालागि जुट्न आग्रहगर्दै कोरोना महामारीका बीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्णरुपमा पालनागर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन बिकासकालागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासकालागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिनुभयो।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्रय पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यस सँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकहरूले दिनु भएको निरन्तर समर्थन र विश्वासकालागि धन्यवाद दिदै आगामी दिनमा सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }