सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दर्भ एनआरएन एनसीसी अफ यूएसएको चुनाबको !


  • राम लामा अविनाशी , अमेरिका
  • शनिबार, माघ २४, २०७७
  • 2.0K
    SHARES

सात समुन्द्र कटेर अमेरिकामा आए पनि नेपालको नराम्रा संस्कारहरूले ग्रशीत मनस्थितीलाई यहाँँको स्वच्छ हावापानीले पनि फाल्न र पखाल्न सकेन । कुरोलाई धेरै नघुमाएर शिधै चुरोलाई कोट्याउन चाहन्छु । एन आर एन नेपालीहरूको विश्व ब्यापी छाता संगठन । त्यो छाता मुनी रहेका बिभिन्न देशका एन आर एन एन सी सीहरू ।

बिभिन्न देशमा रहेका राजनैतिक संगठनहरुका बाबजुत एन आर एनलाई पनि राजनितीकै हिलो छ्याप्दै गुट र उप गुट बनाइयो । हो, यो गत बर्षको चुनाब र त्यस्को नतीजा बाट उब्जेको प्रसँग हो । गत सालको एन आर एन एन सी सी अफ यू एस ए को चुनाबमा एकातिर कुनै राजनीति संगठनमा संलग्न नभएको उमेद्बार हुनु पर्छ भन्ने सर्त राखे पछी कुनै राजनैतिक संगठनमा बिध्यमान ओहोदाधारीहरूले पनि राजिनामा दिएर बसेको देखियो भने अर्को तिर बिभिन्न राजनैतिक अडान भएकाहरुले आ- आफ्नो प्यानल तय गरियो ।

तर प्यानल भित्रैका केही उमेद्बारलाई असक्षम ठानी मतदातहरूले मत नदिएर पाखा लगाइदिए । एउटै खाले बिचार वालाहरूको समूहले कुनै निर्णय गर्दा सजिलो पर्न सक्छ भन्ने कुरामा कसैको बिमती नरहला । तर प्यानलमा पर्दैमा खराब मान्छेले पनि चुनाबमा जित्छन भन्ने धारणा गलत साबित हुन पुग्यो ।

सैद्धान्तिक अढानमा पनि नेत्रित्वको सक्षमता र कार्यसैलीका कारण गुट र उपगुटहरूको उत्पति हुन पुग्छ । त्यसैको उपज हो नेपालका मुख्य राजनैतिक दलहरू नेपाली कांग्रेसका दुई पक्षधर, त्यस्तै माले र एमाले अनि मावोबादी र एमावोबादी । तर एउटै राजनैतिक अढान भएकाहरू सँग मात्र काम गर्न सकिन्छ भन्ने सोच्नु पनि नेत्रित्व तहको बुझाईमा कमी भएको हुन सक्छ ।

त्यो त राजनितीमा मात्र लागू हुन्छ । सक्षम ब्यक्तिले हिलोमा गएर कमलको फुल टिपेर ल्याएर सजाएर राख्न सक्दछ तर हिलो नै बोकेर ल्याउदैन । त्यस्तै सैद्धान्तिक बिचार नमिल्नेहरू हिलै बराबर भएछन रे, तर उनिहरु सँग पनि नेपाल र नेपालीको हित गर्न सक्ने कमलको फुल जस्तै सुन्दर द्रिष्टिकोण हुन सक्दछ । त्यस्को पहिचान गर्न सके लाभन्वित हुन सकिएला ।

राजनैतिक अढानलाई भन्दा नेपाल र नेपाली प्रतिको समर्पण भाब भएकाहरूलाई प्राथमिकता दीन सकियो भने एन आर एन यो जगतमा बस्ने सम्पुर्ण नेपालीहरूको भरोशाको केन्द्र बन्न सक्ने छ । राजनितीलाई मात्र महत्वदिनेहरूका लागि त आ-आफ्नो आस्था अनुसारका राजनैतीक संगठनमा गएर पदासीन हुनु राम्रो हो की ?।

कुनै एक खालको राजनैतिक अढान भएकाहरू मात्रले नेपाल र नेपालीको हित गर्न सक्छन र अरु सबै देश द्रोही हुन । त्यसैले परदेशमा बस्ने नेपालीहरूको नाकै काटेर फ्याली दिन्छन भन्ने सोच्नुमा पनि परिपक्कता नदेखिन सक्छ ।

चाप्लुसी गरी “बालीनै नगई ब्याउन खोज्ने भेडा” जस्ता उमेद्बारको घुमाईमा परी प्यानलको लागि छनौट गर्दा गल्ति हुन सक्दो रहेछ भन्ने कुराको उदाहरण त गत चुनाब बाट स्पष्ट भई सकेको छ । मतदाताहरूले चुनाबमा घोक्रेठ्याक लगाउदा पुच्छर लुकाएर भागेकाहरूलाई पनि नेत्रित्व तहका बाट सल्लाहकारमा नियुक्ती गर्दा ति आफ्नो लागि मरिमेट्ने मतदाताहरूको मन कुंडिन गएको कुरा थाहा पाउनलाई फेरी चुनाब लडेर हार्नु पर्ने हो की ?।

नेपाली बिध्वानहरूको पनि भिड लागेको अमेरिकामा अरु वजनदार ब्यक्तिहरू नेत्रित्व तहकाहरूले भेट्टाउन नचाहनुले दरिलो प्रश्न चिन्ह खडा हुन पुग्यो ।

गत चुनाबमा कागताली परेरै भएपनि पद हात पार्न सफल पदवालाहरूले कस्ले काहां र कति योगदान गरे त भन्ने कुरामा मतदाताहरू ऐना हेरे जत्तिकै छर्लंङ्ग हुन पुगे । बिशेष गरी हालै सदस्यत नबिकरण या नया दर्ता गर्ने क्रममा पनि एन आर एन का पदाधिकारीहरूको लगनसिलताको किटान हुन पुग्यो ।

राती तीन बजे सम्म नसुतेर संस्थाको काम गर्ने तथा आफ्नो काम धन्दानै छोडी सदस्यता संकलनको काममा खटिने लगनशील ब्यक्तीहरू अरु फटाहाहरूको नजरमा त बेबकुफ बने होलान तर संस्थाको नजरले कस्तो देखेछन भन्ने कुरा समयले नै बताउला । कसैले देखोस या नदेखोस हामी मतदाताहरूको अगाडी भईरहेका क्रियकलापको मुल्याङ्कन स्वरुप आफ्नो मत दिएर सम्मान गर्न कुनै कसर बांकी छोड्ने छैनौं ।

राज गर्नलाई जस्तो सुकै तिक्डम्बाजी पनि गर्ने नितिलाई राजनिती भनिएको हो । यसमा जसरी पनि सत्ता हत्याउने तथा कुर्चीमा बस्ने र बसीरहने नियत हुन्छ । एन आर एन राजनैतीक नभएर समाज सेवी संस्था हुनु पर्छ ।

समाजसेवामा चाँही आफ्नो गक्ष अनुसार समाजलाई धन हुने ले धन, बुद्धी हुने ले बुद्धी र बल हुने ले बल दिने हो । समाजमा यी सबैको त्यतिकै महत्व हुन्छ । त्यसैले त त्यस्ता व्यक्तिहरु मरणोप्रान्त सम्म पनि सम्मानीत भई रहन्छन ।

यो संस्थामा शेष घलेज्यु जस्ता माहान र मन्कारी ब्यक्ती पनि हुनुहुन्छ भन्ने कुरा नेपाली जनताको लागि शिक्षा र स्वास्थको लागी भनेर दश मिलियन डलरको अक्षयकोष  खडा गरीदुनुले पुष्टी भएको छ । जुन गैर आवासीय नेपाली संस्थाको इतिहासमा एक महत्वपुर्ण कार्यको रुपमा उल्लेख हुनेछ ।

बुद्धी हुनेहरू नभएको भए आज आमेरिकन नेपालीका लागि दोहोरो नागरिता सम्बन्धी कुरा नेपालको संबिधान मस्योदा  समिती सम्म पुग्न सक्ने थिएन होला । हो, यस्ता सक्षम ब्यक्तीहरूको समूह हुनु पर्छ एन आर एनमा नकी आफूलाई चाहिने पकेट खर्च पनि घरपरिवार सँग माग्नु पर्ने खालका । परेको बेलामा सिन्को सम्म पनि भांच्न नरुचाउने यस्ता कमजोर ब्यक्तीहरूले एन आर एन को आउदो चुनाबमा उठ्ने कस्ट नगरे नै बेश होला ।

यस्तै नालायक बिभिन्न खाले राजनैतीक नेताहरूको कारणले हाम्रो स्वर्ग जस्तो देश नेपाल घिन लाग्दो दल दलमा फसेको छ । स्वदेशको त्यस्तो घिन लाग्दो राजनैतीक दलदलबाट उछिट्टिएर आएर परदेशमा बस्ने नेपालीले अब छुट्टै स्वच्छ र सम्रिद्ध खालको नेपाली समाज देख्न चाहेको छ । जस्को मार्ग निर्देशन गैर आवासीय नेपाली संघले कोर्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)