सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० भन्दा बढी बेपत्ता


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 525
    SHARES

काठमाडौं, २५ माघ। भारतको  उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको खबर छ । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार छन् ।

हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको छ । चमोलीदेखि हरिद्धारसम्मको बस्तीलाई उच्च सतर्कतामा राखिको छ ।

आसाम पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)