सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको लस एन्जलसमा फेरि अर्को नेपालीको निधन


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 1.3K
    SHARES

फेब्रुवरि ७ अमेरिका । अमेरिकाको लस एन्जलसमा फेरि अर्का एकजना नेपालीको निधन भएको छ। चितवन बाट काठमाण्डौको गोँगवु बसाई सरेर हाल सन २००६ देखि अमेरिका बस्दै आएका ४९ बर्षिय नोगराज पाठक (दीपक पाठक) को आज लामिडाराको किन्डरड हस्पिटलमा निधन भएको छ । उहाँका एक श्रीमती , एक २५ बर्षिय छोरा र एक २३ बर्षिय छोरी छन् ।

उहाँलाई अली कढा खोकी र ज्वरो आएपछी कोभिड १९ जाँच गरिएको थियो । कोरोना भएको पुष्टी अस्पतालले गरे पनि घरमा नै बसी रहनु भएको थियो । करीब ४-५ दिन पछी अलि सास फेर्न कठिन भए पछि करीब एक महिना पहिला अस्पातल लगिएको थियो । परिवारका सबै चारैजनालाई कोरोना भएको भएपनि अरु सबैजनालाई सन्चो भईसकेको छ ।

कोरोना भईसके पछि उहाँलाई निमोनियाले पनि समातेको थियो । आज बिहान १२:३९ मिनेट जाँदा उहाँको मृत्‍यु भएको घोषणा अस्पताल सुत्रले जानकारी दियो । आज पुरा नेपाली समुदाय भावबिहोल बनेको छ भन्नु भयो लस एन्जलसका वरीष्ठ समाजसेवी एकराज पाण्डेले ।

उहाँ नेपाली समाजमा अतिनै मिलनसार समाजसेवी हुनुहुन्थ्यो । लस एन्जलसको श्री पशुपतिनाथ तथा बुद्ध फाउण्डेसनका सँस्थापक सदश्य हुनुहुन्थ्यो र हाल सम्म पनि निरन्तरता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)