सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा ७ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 471
    SHARES

२६ माघ, चमोली । भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा ७ जनाको मृत्यु भएको छ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा आएको बाढीमा परि झन्डै १२५ जना बेपत्ता रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको हो ।

जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् ।

यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको इन्डियन एक्सप्रेसले जनाएको छ।

तपोवनको ९०० मिटर लामो सुरुङ्गमा उद्धारकार्य आइतबार रातभर पनि जारी रहेको उत्तराखण्डका प्रहरीले जनाएको छ ।

राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् । उद्धारमा भारतीय सेना पनि सामेल छ ।

हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)